असोज ३० गते २०८३ || October 16, 2026

बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु


पिपल अनलाइन
सोमबार, माघ २ २०७९०१:५२

बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

वीरगञ्ज - बारामा मोटरसाईकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सिम्रौनगढ नगरपालिका(१ बैरिया बस्ने २३ वर्षीय कासिम अन्सारी र २२ वर्षीय तहिद अन्सारीको मृत्यु भएको हो । उनीहरु दुवै जनाको शव खोजतलासको क्रममा थलही खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

दुर्घटनामा बैरियाकै २२ वर्षीय गुड्डु अंसारी सामान्य घाईते छन् । शरीरमा समान्य चोट मात्रै रहेकोले उनी घरमा नै आराम गरिरहेको प्रहरीले जनाएको छ । उनीहरु तीनै जना एउटै मोटरसाईकलमा सवार थिए ।


  • सम्बन्धित विषय:

  • # बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend