असोज ३० गते २०८३ || October 16, 2026

लुम्बिनी : सभामुखमा एक र उपसभामुखमा तीन जनाको उम्मेदवारी


पिपल अनलाइन
सोमबार, माघ २ २०७९०५:२०

लुम्बिनी : सभामुखमा एक र उपसभामुखमा तीन जनाको उम्मेदवारी

 दाङ - लुम्बिनी प्रदेशको सभामुखमा एक र उपसभामुखमा तीन जनाको मनोनयन दर्ता भएको छ । सुरुमा सत्तारुढ दलबाट सभामुख र उपसभामुखमा मनोनयन दर्ता गरियो । त्यसपछि नेपाली कांग्रेसले उपसभामुखमा मात्रै र नागरिक उन्मुक्ति पार्टीले पनि उपसभामुख पदमा मात्रै मनोनयन दर्ता गरेको छ । नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ ९१०बाट निर्वाचित विश्वप्रेम पाठकको उपसभामुखमा मनोनयन दर्ता भएको छ । उपसभामुखमा राप्रपाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भइसकेको छ ।

सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीको उम्मेदवारी परेको छ। कांग्रेसले सभामुखमा उम्मेदवारी दिएको छैन । कांग्रेसका पाठकको प्रतावकमा प्रदेश सभा सदस्य बसिउद्दिन खाँ र समर्थकमा राजु खनाल रहेका छन् ।


  • सम्बन्धित विषय:

  • # लुम्बिनी : सभामुखमा एक र उपसभामुखमा तीन जनाको उम्मेदवारी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend