असोज ३० गते २०८३ || October 16, 2026

आज मन्त्रिपरिषद् विस्तार, नयाँ मन्त्रीहरूले दिउँसो १ बजे सपथ लिने


पिपल अनलाइन
मंगलबार, माघ ३ २०७९०७:०३

आज मन्त्रिपरिषद् विस्तार, नयाँ मन्त्रीहरूले दिउँसो १ बजे सपथ लिने

 काठमाडौँ - सरकारले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति १० बजेसम्म चलेको बैठकले मन्त्रालय बाँडफाँड टुंग्याएको हो । बैठकपछि गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ मन्त्रीले दिउँसो १ बजे शपथ लिनेगरी दलहरूबीच सहमति भएको जानकारी दिए । 

‘कुन–कुन पार्टीले कुन–कुन मन्त्रालयको जिम्मेवारी लिने भन्ने कुरा सहमति भइसकेको छ’, उनले भने, ‘को–को मन्त्री बने भनेर मंगलबार नै नाम बाहिर आउनेछ।’ यसअघि प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच भएको भेटवार्तामा मन्त्रालयको भागवण्डा टुंगिसकेको छ ।  मंगलबार पाँच घण्टाभन्दा बढी चलेको सत्ता गठबन्धनको बैठकमा नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका अध्यक्ष लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए । 

गत पुस ११ गते प्रधानमन्त्रीको शपथ लिएका प्रधानमन्त्री प्रचण्डले तीन सातापछि मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन् । मन्त्रिपरिषद् विस्तारअघि मंगलबार सर्वदलीय बैठक बोलाइएको छ ।


  • सम्बन्धित विषय:

  • # आज मन्त्रिपरिषद् विस्तार, नयाँ मन्त्रीहरूले दिउँसो १ बजे सपथ लिने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend