असोज ३० गते २०८३ || October 16, 2026

मन्त्रिपरिषद् विस्तार आज हुँदै, कसलाई कति र कुन मन्त्रालय ?


पिपल अनलाइन
मंगलबार, माघ ३ २०७९०७:२८

मन्त्रिपरिषद् विस्तार आज हुँदै, कसलाई कति र कुन मन्त्रालय ?

काठमाडौँ - मन्त्रिपरिषद् आज विस्तार हुँदै छ । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । शपथ दिउँसो १ बजे हुने तय गरिएको छ । सोमबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबन्डाको टुंगो लगाएको थियो । दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । नेकपा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । राप्रपाले पनि तीन मन्त्री र एक राज्यमन्त्री पाउनेछ । जनमत पार्टीले एक मन्त्री पाउनेछ । नागरिक उन्मुक्ति र लोसपालाई भागबन्डा गरिएको छैन । गठबन्धनमा भएको सहमति अनुसार रास्वपाले शिक्षा मन्त्रालय र श्रम मन्त्रालय पाएको छ । उपप्रधान तथा गृहमन्त्रालय यसअघि नै रवि लामिछानले पाइसकेका छन् ।

स्रोतका अनुसार रास्वपाले शिक्षा मन्त्रालयमा शिशिर खनाललाई पठाउने निर्णय गरिसकेको छ । श्रम मन्त्रालयमा भने तोक्न बाँकी छ । गठबन्धनबाट रास्वपाले पनि उपसभामुख पनि पाएको स्रोत बताउँछ । स्रोतका अनुसार राप्रपाले ऊर्जा मन्त्रालय, सहरी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पाएको छ । राप्रपाले सरकारमा कसलाई पठाउने भन्नेबारे निर्णय गरिसकेको छैन । राष्ट्रपति र सभामुख पदमा गठबन्धनको तर्फबाट नेकपा ९एमाले०का उमेदवार रहनेछन् ।  यी दुई पदसँगै सत्तारूढ सबैभन्दा ठूलो दल एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । 


  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद् विस्तार आज हुँदै, कसलाई कति र कुन मन्त्रालय ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend