असोज ३० गते २०८३ || October 16, 2026

मतदाता नामावलीको अनलाइन प्रारम्भिक दर्ता आजदेखि सुरु 


पिपल अनलाइन
मंगलबार, माघ ३ २०७९०७:३९

मतदाता नामावलीको अनलाइन प्रारम्भिक दर्ता आजदेखि सुरु 

काठमाडौँ - मतदाता नामावलीको अनलाइन प्रारम्भिक दर्ता मङ्गलबारदेखि सुरु हुँदै छ । निर्वाचन आयोगले माघ २ गते सोमबारदेखि नै अनलाइन दर्ता सुरु हुने जनाएको थियो । तर राष्ट्रिय शोक बिदा परेकाले सुरु हुन नसकेको आयोगले जनाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले मङ्गलबारदेखि ७७ वटै जिल्लामा अनलाइन दर्ता सुरु हुने बताए । आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति घोषणा हुनुअघि उपत्यकासहित सातवटा जिल्लामा अनलाइन दर्ता सुरु गरेको थियो । 

यसअघि बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम बीभीआईआर मार्फत नामावली दर्ता हुँदै आएकोमा प्रणालीलाई स्तरोन्नति गरेर मोबाइलबाटै आफ्नो विवरण राख्न मिल्नेगरी प्रारम्भिक दर्ता सुरु हुन लागेको हो ।


  • सम्बन्धित विषय:

  • # मतदाता नामावलीको अनलाइन प्रारम्भिक दर्ता आजदेखि सुरु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend