असोज ३० गते २०८३ || October 16, 2026

सभामुख चयनका लागि आज उम्मेदवारी, भोलि निर्वाचन


पिपल अनलाइन
बुधबार, माघ ४ २०७९०७:२३

सभामुख चयनका लागि आज उम्मेदवारी, भोलि निर्वाचन

काठमाण्डौँ - प्रतिनिधि सभाका सभामुख पदका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ । संघीय संसद सचिवालयका अनुसार बुधबार दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताका लागि समय दिइएको छ । त्यसलगत्तै आजै उम्मेदवारको सूची सार्वजनिक गर्ने कार्यतालिका छ ।

सभामुख चयनका लागि बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्ताव पेश गरिनेछ। सभामुख हुन सांसद हुनुपर्ने व्यवस्था छ । प्रतिनिधि सभामा २७५ जना सांसद छन्। सभामुख चयन नभएकोले ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशम्शेर जबराले सभामुखको भूमिका निर्वाह गर्दै आएका छन् । सत्ता साझेदार दलभित्र सभामुख पद नेकपा एमालेलाई दिने सहमति भएको एमाले नेताहरूले दाबी गर्दै आएका छन् । गत पुस २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले पनि सभामुख र राष्ट्रपतिलगायत पदमा सहमतिअनुसार नै जान आफूहरू सकारात्मक रहेको बताइरहेका छन् ।


  • सम्बन्धित विषय:

  • # सभामुख चयनका लागि आज उम्मेदवारी, भोलि निर्वाचन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend