असोज ३० गते २०८३ || October 16, 2026

सभामुखको निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै


पिपल अनलाइन
बुधबार, माघ ४ २०७९०७:३०

सभामुखको निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाण्डौँ - प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दिनेरनदिनेबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । प्रमुख सचेतक रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवाले बिहान ९ बजे पदाधिकारी बैठक बोलाएको जानकारी दिएका छन् ।

बैठकले सभामुखमा अन्य दललाई समर्थन गर्ने कि आफैँ उम्मेदवार बन्ने भन्ने टुंगो लगाउनेछ । संसद् सचिवालयले आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेको छ ।


  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # सभामुखको निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend