असोज ३० गते २०८३ || October 16, 2026

तत्कालीन प्रमुखसहित प्रहरीका डीएसपी र इन्सपेक्टरलाई जेल सजाय


पिपल अनलाइन
बुधबार, माघ ४ २०७९०७:४९

तत्कालीन प्रमुखसहित प्रहरीका डीएसपी र इन्सपेक्टरलाई जेल सजाय

काठमाण्डौँ - विशेष अदालतले यातायात कार्यालय एकान्तकुनाका तत्कालीन प्रमुखदेखि नेपाल प्रहरीका डीएसपी र इन्सपेक्टरलाई लाइसेन्स घोटाला प्रकरणमा जेल सजाय सुनाएको छ । सवारी चालक अनुमतिपत्रका लागि परीक्षामा फेल भएका १ हजार २ सय ८४ जनालाई पास गराएको अभियोग पुष्टि भएपछि तत्कालीन प्रमुखसहित सातजनालाई विशेष अदालतले दोषी ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले मुद्दा चलाइएका मध्ये सात जनालाई दोषी ठहर गरेको हो । दोषी ठहर हुनेहरूमा एकान्तकुनाका तत्कालीन प्रमुख आनन्दकेशरी पोखरेल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक डीएसपी नवराज थापा, इन्सपेक्टर मुरारी मिश्र, अवकाश प्राप्त शाखा अधिकृत राममणि पोखरेल, अवकाश प्राप्त इन्जिनियर वासुदेव पोखरेल, शाखा अधिकृतहरू शम्भूप्रसाद थपलिया र ईश्वरराज रेग्मी रहेको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए ।

राजस्व चुहावटर गरेर भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर भएका तत्कालीन कार्यालय प्रमुख पोखेरललाई आठ महिना कैद र ९ हजार जरिमानाको फैसला सुनाइएको छ । डीएसपी थापा र इन्सपेक्टर मिश्रलाई ६ महिना कैद र ८ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ । अवकाश भइसकेका इन्जिनियर पोखरेललाई पनि ६ महिना कैद र ८ हजार रुपैयाँ जरिमानाको फैसला सुनाइएको छ । शाखा अधिकृतहरू पोखरेल, थपलिया र रेग्मीलाई समान चार महिना कैद र ६ हजार रुपैयाँ जरिमानाको फैसला सुनाइएको छ । बाँकी ३१ जनाले भने सफाइ पाएका छन् । यो समाचार राजधानी दैनिकामा छ ।


  • सम्बन्धित विषय:

  • # तत्कालीन प्रमुखसहित प्रहरीका डीएसपी र इन्सपेक्टरलाई जेल सजाय
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend