असोज ३० गते २०८३ || October 16, 2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आशंका उब्जिने खतरा


पिपल अनलाइन
बुधबार, माघ ४ २०७९०८:१५

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आशंका उब्जिने खतरा

 काठमाण्डौँ - पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १५ दिनमै त्यही विमानस्थलमा अवतरण गर्ने क्रममा आइतबार आन्तरिक हवाई उडानको सबैभन्दा ठुलो दुर्घटना भयो । ठुलो मानवीय क्षति हुने गरी भएको यो दुर्घटनाले अहिले मुलुक नै शोकमा छ । यती एयरलाइन्सको ९ एन एएनसी कल साइनको एटिआर ७२ ५० सिरिजको विमान दुर्घटनामा मुलुकले ५७ जना नागरिक गुमायो भने १५ जना विदेशीको ज्यान गयो ।

दुर्घटनाले दुई साताअघि सन् २०२३ जनवरी १ मात्र सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति पनि प्रश्नचिह्न उठ्ने खतरा बढेको सरोकारवालाको चिन्ता छ । विमानस्थलका भौतिक पूर्वाधार बेलैमा निर्माण सम्पन्न भए पनि सञ्चालनका बेला गरिएको हतारोले नागरिकप्रति गुनासो थियो । वर्षौंअघि गर्नुपर्ने काम पनि पूरा नगरी अन्तिममा हतारहतार गरिनुले सरकारी निकायप्रति नागरिकले प्रश्न उब्जाएका थिए । अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन अन्तर्राष्ट्रिय उडानबिना नै भएको भनेर सामाजिक सञ्जालमा सबैभन्दा बढी गुनासो पोखिएको थियो । यो समाचार नागरिक दैनिकमा छ ।


  • सम्बन्धित विषय:

  • # पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आशंका उब्जिने खतरा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend