असोज ३० गते २०८३ || October 16, 2026

‘कालीगण्डकीलाई आफ्नै गतिमा बग्न दिऔँ’


पिपल अनलाइन
बुधबार, माघ ४ २०७९११:२४

‘कालीगण्डकीलाई आफ्नै गतिमा बग्न दिऔँ’

रामपुर - कालीगण्डकी नदी ऐतिहासिक धार्मिक तथा पौराणिक एवं पर्यटकीय सभ्यता बोकेको नदी हो । दामोदर कुण्डबाट बहेकी कालीगण्डकी नदीको महत्व र पर्यटन विकासका विषयमा बेला–बेलामा बहस हुने गरेका छन् ।

नेपालमा कालीगण्डकीको सभ्यता निकै पुरानो मानिन्छ । धार्मिक महत्व बोकेकाले पनि नदीको पानीलाई जोडेर विकासका नाममा एकपक्षीय खेलवाड गर्न नहुने सरोकारवालाको तर्क छ । पाल्पाको राम्दीमा नदी डाइभर्सन र नवलपुरको बुलिङ्टार गाउँपालिकाको खाल्डेमा करिब पाँच सय वाट क्षमताको विद्युत् निकाल्ने योजनाको विरुद्ध प्रभावित क्षेत्रका स्थानीय तथा सरोकारवाला, राजनीतिक दल, सांसद, समाजसेवी, बुद्धिजीवीले त्यसको विरोधमा ऐक्यबद्धता जनाउँदै सो योजना अगाडि बढ्न नदिनेमा जोड दिइएको छ ।

नदीको माथिल्लो भाग राम्दी क्षेत्रमा डाइभर्सन गर्ने योजना र तलको भाग ९खाल्डे०मा विद्युत् प्राधिकरणले हाईड्याम बनाएर विद्युत् उत्पादन गर्ने कार्यक्रम ल्याएकामा यसले सो ठाउँको आसपास तथा मध्यभागमा बसोबास गर्ने स्थानीयवासीलाई नराम्रो असर पार्ने भएकाले नदीलाई आफ्नै गतिमा बहन दिनुपर्नेमा चासो र चिन्ता व्यक्त गरिएको छ ।


  • सम्बन्धित विषय:

  • # ‘कालीगण्डकीलाई आफ्नै गतिमा बग्न दिऔँ’
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend