असोज ३० गते २०८३ || October 16, 2026

सभामुख पदमा एमाले सांसद घिमिरेद्वारा उम्मेदवारी दर्ता


पिपल अनलाइन
बुधबार, माघ ४ २०७९०१:३०

सभामुख पदमा एमाले सांसद घिमिरेद्वारा उम्मेदवारी दर्ता

काठमाण्डौँ - नेकपा एमालेका सांसद देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । बुधबार दिउँसो १ बजेर ५ मिनेटमा सङ्घीय संसद भवन नयाँबानेश्वर पुगेर सांसद घिमिरेले उम्मेदवारी दर्ता गराए । सङ्घीय संसद सचिवालयलका प्रवक्ता एवम् सहसचिव एकराम गिरीले जानकारी दिए । 

सांसद घिमिरेलाई सभामुखका लागि एमाले सांसद सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका छन् भने भने नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको समर्थन छ ।


  • सम्बन्धित विषय:

  • # सभामुख पदमा एमाले सांसद घिमिरेद्वारा उम्मेदवारी दर्ता
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend