असोज ३० गते २०८३ || October 16, 2026

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु 


पिपल अनलाइन
बुधबार, माघ ४ २०७९०५:०१

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु 

काठमाण्डौँ - सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । पुस ११ गते गठन भएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले मंगलबार पूर्णता पाएपछि बुधबार सिंहदरबारमा मन्त्रिपरिषद् बसेको हो । यो बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ । मंगलबार प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय भएको थियो । खानेपानी, युवा खेलकुद र वन मन्त्रालयमा अझैसम्म मन्त्रीहरु गइसकेका छैनन् । 

खानेपानी मन्त्रालयको जिम्मेवारी पाएको जनमत पार्टीले जिम्मेवारी लिइसकेको छैन। जनमतका अब्दुल खान शपथ लिएर मंगलबार कार्यभार सम्हाल्न गएनन् । 


  • सम्बन्धित विषय:

  • # सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend