कात्तिक १ गते २०८३ || October 17, 2026

सभामुख चयनका लागि आज प्रतिनिधि सभा बैठक बस्दै, प्रतिस्पर्धामा देवराज र ईश्वरी 


पिपल अनलाइन
बिहीबार , माघ ५ २०७९०७:१४

सभामुख चयनका लागि आज प्रतिनिधि सभा बैठक बस्दै, प्रतिस्पर्धामा देवराज र ईश्वरी 

काठमाण्डौँ - सभामुख चयनका लागि आज प्रतिनिधि सभा बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ बजे बस्ने बैठकमा सभामुख चयनसम्बन्धी प्रक्रिया अघि बढ्नेछ । सभामुख पदमा मनोनयन दर्ताका लागि बुधबार दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म दिइएको समयमा दुई जना उम्मेदवारले उम्मेदवारी दर्ता गरेका थिए ।

सत्ता साझेदार दलहरूको समर्थनमा नेकपा एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेस तथा नेकपा एकीकृत समाजवादी लगायत दलहरूको समर्थनमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका छन्, उनीहरूबीच सभामुखका लागि बिहीबार प्रतिनिधि सभामा प्रतिस्पर्धा हुनेछ। प्रतिनिधि सभा सदस्यहरूले आफूमध्येबाट सभामुख चयन गर्ने व्यवस्था छ । अहिले सभामुख नभएका बेला ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशम्शेर जबराले सभामुखको भूमिका निर्वाह गरिरहेका छन् । बिहीबार प्रतिनिधि सभाबाट सभामुख र माघ ७ गते उपसभामुख चयन गर्ने तयारी छ ।

एमालेका सांसद घिमिरेलाई एमालेसहित माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत दलहरूको साथ छ । प्रतिनिधि सभामा एमालेका ७९, माओवादीका ३२, रास्वपाका २० र राप्रपाका १४ जना सांसद छन्। सत्ता साझेदार अन्य दलहरूले पनि घिमिरेलाई साथ दिने सम्भावना छ । यस्तै गत पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका तर सरकारमा सामेल नभएका कांग्रेस, नेकपा एकीकृत समाजवादीलगायत दलको समर्थनमा न्यौपाने सभामुख उम्मेदवार छिन् । उनलाई जसपा र लोसपाले पनि साथ दिने सम्भावना छ ।


  • सम्बन्धित विषय:

  • # सभामुख चयनका लागि आज प्रतिनिधि सभा बैठक बस्दै, प्रतिस्पर्धामा देवराज र ईश्वरी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend