असोज ३० गते २०८३ || October 16, 2026

पदक तथा विभूषण मापदण्ड बनाइने


पिपल अनलाइन
बिहीबार , माघ ५ २०७९०७:२३

पदक तथा विभूषण मापदण्ड बनाइने

काठमाण्डौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा सरकारको प्रवक्तामा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चारमन्त्री शर्मालाई प्रवक्ता नियुक्त गर्ने निर्णय गरेको हो । 

मङ्गलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री नियुक्त भएका हुन् । यसअघि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्थ्यो। सञ्चारमन्त्री नै सरकारको प्रवक्ता रहने परम्परा छ । मन्त्रिपरिषद् बैठकले अन्य देशका प्रतिनिधिसँग भेटवार्ता गर्दा परराष्ट्र मन्त्रालयका कर्मचारीलाई राख्नैपर्ने निर्णय गरेको छ। सञ्चारमन्त्री शर्माले कुनै पनि देशका प्रतिनिधिसँग मन्त्री र विशिष्ट व्यक्तिहरूको भेटवार्तामा परराष्ट्रका कर्मचारी अनिवार्य गर्ने निर्णय भएको बताए । सञ्चारमन्त्री शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले पदक तथा विभूषण वितरणबारे पनि मापदण्ड बनाउने निर्णय गरेको छ । उनले भने, “पदक तथा विभूषण वितरण गर्दा हुने कमीकमजोरी सच्याएर आवश्यक मापदण्ड बनाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।”

सञ्चारमन्त्री शर्माका अनुसार सरकारले दुईवटा मन्त्रालयका सचिवलाई सरुवा गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव केशवकुमार शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गर्ने निर्णय सरकारले गरेको छ । 


  • सम्बन्धित विषय:

  • # पदक तथा विभूषण मापदण्ड बनाइने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend