असोज ३० गते २०८३ || October 16, 2026

 आजको मौसम : केहि भागमा आंशिकदेखि सामान्य बदली


पिपल अनलाइन
बिहीबार , माघ ५ २०७९०७:३९

 आजको मौसम : केहि भागमा आंशिकदेखि सामान्य बदली

काठमाण्डौँ - हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम  र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन् । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम र कर्णालीसहित गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने महाशाखाले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # आजको मौसम : केहि भागमा आंशिकदेखि सामान्य बदली
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend