असोज ३० गते २०८३ || October 16, 2026

प्रतिनिधिसभाको बैठक सुरु, सभामुखका लागि मतदान हुँदै 


पिपल अनलाइन
बिहीबार , माघ ५ २०७९११:५५

प्रतिनिधिसभाको बैठक सुरु, सभामुखका लागि मतदान हुँदै 

काठमाण्डौँ - प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा सभामुख पदका लागि आज निर्वाचन हुने छ ।  सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरे र विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसकी ईश्वरी न्यौपाने मैदानमा छन् । घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वजतन्त्र पार्टी रास्वपाका अध्यक्ष रवि लामिछाने रहेका छन् ।

न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला छन् । बैठकमा दुवै पक्षका प्रस्तावक र समर्थकले आ–आफनो उम्मेदवारलाई सभामुखमा निर्वाचित गरियोस् भनी बेग्ला बेग्लै प्रस्ताव प्रस्तुत गर्दै पक्षमा मतदान गर्न समर्थनका लागि आग्रह गर्नेछन् ।


  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको बैठक सुरु, सभामुखका लागि मतदान हुँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend