असोज ३० गते २०८३ || October 16, 2026

सभामुख निर्वाचन प्रक्रिया स्थगित गर्न कांग्रेसको आग्रह, विमान दुर्घटनाबारे रुलिङको माग !


पिपल अनलाइन
बिहीबार , माघ ५ २०७९१२:०३

सभामुख निर्वाचन प्रक्रिया स्थगित गर्न कांग्रेसको आग्रह, विमान दुर्घटनाबारे रुलिङको माग !

काठमाडौँ - नेपाली कांग्रेसले सभामुख निर्वाचन प्रक्रिया स्थगिन गर्न माग गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति सरकारले संसदमा कुरा नउठाएको प्रति आपत्ति जनाउँदै रुलिङको माग गरेका छन् ।

उनले भने, ‘सरकार सदनका प्रति उदाशीन, पीडित परिवारप्रति निरपेक्ष र जनताका प्रति कर्तव्यविमुख हुन सक्दैन । अहिले नै सभामुखमार्फत सरकारलाई रुलिङ गरियोस् । सरकारले त्यस विषयमा सदनलाई तत्काल जानकारी गरावस् । सरकारले सदनमार्फत् जनतालाई आश्वस्त पारोस् ।’


  • सम्बन्धित विषय:

  • # सभामुख निर्वाचन प्रक्रिया स्थगित गर्न कांग्रेसको आग्रह, विमान दुर्घटनाबारे रुलिङको माग !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend