असोज ३० गते २०८३ || October 16, 2026

कर्णालीका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिँदै


पिपल अनलाइन
बिहीबार , माघ ५ २०७९१२:१९

कर्णालीका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिँदै

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने बारेको प्रस्ताव पत्र दर्ता गरेका छन् ।मुख्यमन्त्री शर्माले शुक्रबार भोलि दिउँसो एक बजे बस्ने बैठकबाट विश्वासको मतका लागि पत्र दर्ता गराएको प्रदेश सभा सचिव जिवराज बुढाथोकी जानकारी दिए ।

उनले कर्णाली प्रदेश सभा सचिवालयमा बुधबार साँझ पाँच बजे विश्वासको मत लिने बारेको पत्र दर्ता गराएका थिए । शर्माको विश्वासको मतको विषयमा भोलिको सर्वदलिय बैठकमा छलफल निर्णय गर्ने बुढाथोकीले बताए । साथै, मुख्यमन्त्रीले राजकुमार शर्माले पनि भोलि नै विश्वासको मत लिने बताएका छन् ।


  • सम्बन्धित विषय:

  • # कर्णालीका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend