असोज ३० गते २०८३ || October 16, 2026

कांग्रेस सांसदलाई गृहमन्त्रीको जवाफ : 'गृहकोे एउटा प्रक्रिया छ, कसैले दबाब र प्रभाव दिनुहुने छैन भन्ने विश्वास छ'


पिपल अनलाइन
बिहीबार , माघ ५ २०७९०१:४५

कांग्रेस सांसदलाई गृहमन्त्रीको जवाफ : 'गृहकोे एउटा प्रक्रिया छ, कसैले दबाब र प्रभाव दिनुहुने छैन भन्ने विश्वास छ'

 काठमाडौँ - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले नेतृत्व गरेको मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर नजाने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्याको अभियोग लागेका सांसद लक्ष्मी महतो कोइरी समेत बैठकमा उपस्थित भएको भन्दै उनले मतदान गर्न पाउने नपाउने निर्क्यौल गरेर मात्र बैठक चलाउन माग गरेका थिए ।
यसबारे सभामुखले कुनै रुलिङ गरेनन् । तर तर सभामुखका उम्मेदवार देवराज घिमिरेको समर्थकका रुपमा संसदलाई सम्बोधन गर्ने क्रममा लामिछानेले खतिवडाले उठाएको प्रश्नको जवाफ दिएका छन् ।

उनले भने,  सभामुखले रुलिङ त गरेका छैनन् तर म भन्न चाहन्छु, विधि र पद्धतिभन्दा बाहिर गएर गृह मन्त्रालय एक इन्च बाहिर निस्किँदैन । त्यसको एउटा प्रक्रिया छ । त्यसमा कसैले दबाब र प्रभाव दिनु हुने छैन भन्ने विश्वास दिएको छु ।’ उनले यसअघि हत्या आरोपी कोइरीलाई पक्राउ गर्न निर्देशन दिइसकेका छन् । कोइरीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको समाचार आएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फरार सांसदबारे आफू जानकार नरहेको भन्दै कोइरीलाई पक्राउ गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिइसकेको बताएका थिए । तर आजको बैठकमा पनि उनी उपस्थित भएको सूचना स्वयम् भित्र रहेका सांसद्ले दिएका छन् । 


  • सम्बन्धित विषय:

  • # कांग्रेस सांसदलाई गृहमन्त्रीको जवाफ : 'गृहकोे एउटा प्रक्रिया छ, कसैले दबाब र प्रभाव दिनुहुने छैन भन्ने विश्वास छ'
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend