असोज ३० गते २०८३ || October 16, 2026

कांग्रेस सांसद्ले गृहमन्त्रीलाइ भने,'हत्याका आरोपी यही छन्, मतदान गर्न पाउने/नपाउने निर्क्योल गर्नुस्'


पिपल अनलाइन
बिहीबार , माघ ५ २०७९०१:४९

कांग्रेस सांसद्ले गृहमन्त्रीलाइ भने,'हत्याका आरोपी यही छन्, मतदान गर्न पाउने/नपाउने निर्क्योल गर्नुस्'

काठमाडौँ - नेपाली कांग्रेसका सांसद् रामहरी खतिवडाले सभामुखको निर्वाचन प्रक्रियामा हत्या अभियोग लागेका सांसद्ले मतदान गर्न नपाउने व्यवस्था गरेर मात्रै थप कारबाही अगाडि बढाउन माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै खतिवडाले हत्या आरोपी लक्ष्मी महतो कोइरीले आज हुने सभामुखको निर्वाचनमा भाग लिन पाउने नपाउने निक्र्यौल गरेर मात्र सदन अगाडी बढाउन आग्रह गरेका छन् । 

उनले भने, आज सभामुखको निर्वाचन हुने बेलामा हत्या अभियोग लागेका सांसद्हरु पनि यहीँभित्र छन् भन्ने सुनिन आएको छ । म गृहमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु हामी चिन्दैनौं उहाँलाई । यदि उपस्थित हुनुहुन्छ भने उहाँलाई मतदान प्रक्रियामा भाग लिन पाउनेरनपाउने निर्क्योल गरेर मात्रै सभा सञ्चालन गरियोस् भन्ने माग गर्न चाहन्छु, खतिवडाले भने ।

सुरक्षाकर्मीको हत्या आरोपमा फरार रहेका सांसद लक्ष्मी महतो कोइरी निर्बाध संसद् आउजाउ गरिरहेका छन् यसअघि प्रधानमन्त्रीलाई विश्वासको मत दिन पनि उनी उपस्थित थिए । प्रहरीको फरार सूचीमा रहेकै बेला महोत्तरी–१ बाट निर्वाचित कोइरीले पुस ७ मा प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए ।


  • सम्बन्धित विषय:

  • # कांग्रेस सांसद्ले गृहमन्त्रीलाइ भने,'हत्याका आरोपी यही छन्, मतदान गर्न पाउनेरनपाउने निर्क्योल गर्नुस्'
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend