असोज ३० गते २०८३ || October 16, 2026

सिंहदरबारमा परराष्ट्रमन्त्री र भारतीय राजदूतको भेटवार्ता, के भयो कुराकानी ? 


पिपल अनलाइन
बिहीबार , माघ ५ २०७९०२:११

सिंहदरबारमा परराष्ट्रमन्त्री र भारतीय राजदूतको भेटवार्ता, के भयो कुराकानी ? 

काठमाण्डौँ - नवनिवयुक्त परराष्ट्रमन्त्री डा विमला राई पौडेलसँग भेटवार्ता गर्न नेपालका लागि भारतीय राजदूत सिंहदरबार पुगेका छन् । भेटघाटका लागि राजदूत मध्यान्ह १२ बजे परराष्ट्र मन्त्रालय पुगका थिए । राजदूत श्रीवास्तव मन्त्री पौडेलसँगको भेटपछि १ बजे सिंहदरबारबाट बाहिरिए । भेटमा दुई मुलुकबीचको सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको मन्त्रालय स्रोतको भनाइ छ ।

यसअघि हिजो मन्त्री पौडेलसँग नेपालका लागि कतारका राजदूतले भेट गरेका थिए । राजदूत युसुफ विन महोम्मद अल हैल पनि मन्त्री राईसँग शिष्टाचार भेटवार्ताको निम्ति हिजो मध्यान्ह सिंहदरबार पुगेका थिए । 

 


  • सम्बन्धित विषय:

  • # सिंहदरबारमा परराष्ट्रमन्त्री र भारतीय राजदूतको भेटवार्ता, के भयो कुराकानी ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend