असोज ३० गते २०८३ || October 16, 2026

हवाई यातायातलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण, के-के हुने भयो काम ? 


पिपल अनलाइन
बिहीबार , माघ ५ २०७९०२:४८

हवाई यातायातलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण, के-के हुने भयो काम ? 

 काठमाडौँ - राष्ट्रियसभा बैठकको शून्य समयमा सांसदहरुले विश्वभरि नै सुरक्षित मानिएको हवाई यातायातलाई नेपाली आकाशलाई पनि सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली कांग्रेसका अनिता देवकोटाले पोखरामा यही माघ १ गते ७२ जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै पुरानो जहाजलाई विस्थापित गरी नयाँ जहाज सञ्चालनमा ल्याउनुपर्ने र नेपाली आकाशलाई सुरक्षित बनाउन सरकारसँग आग्रह गरे ।

नेकपा एमालेका इन्दु कडरियाले सुरक्षित मानिएको हवाई यातायात दुर्घटना हुँदै जानुले हवाई सुरक्षाप्रति धेरै आशंका उब्जिएको हुनाले हवाई सुरक्षालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए । स्वतन्त्र सांसद खिमलाल देवकोटाले नेपालमा इसाई धर्म मान्नेहरूले धर्म परिवर्तन गराउन लागिरहेको र गरिबी तथा बेजोगारीको फाइदा उठाउँदै धर्म प्रचार गरिरहेको हुनाले उक्त कार्य रोक्न सरकारलाई सुझाव दिए ।


  • सम्बन्धित विषय:

  • # हवाई यातायातलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण, के-के हुने भयो काम ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend