असोज ३० गते २०८३ || October 16, 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले प्रदेशसभाबाट पाए विश्वासको मत 


पिपल अनलाइन
बिहीबार , माघ ५ २०७९०५:०२

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले प्रदेशसभाबाट पाए विश्वासको मत 

काठमाण्डौँ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको प्रथम अधिवेशनको बिहीबार बसेको चौथो बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिए । नेपालको संविधान २०७२ को धारा १६८ ९४० बमोजिम उनले विश्वासको मत लिए ।  

प्रदेशसभामा कायम रहेका कुल ८७ प्रदेशसभा सदस्यमा उपस्थित सांसदमध्येको बहमुत प्राप्त गरेकाले उनले विश्वासको मत प्राप्त गरे । मुख्यमन्त्री गिरीलाई ५७ जना सांसदले पक्षमा मतदान गरे । विश्वासको मतका लागि मुख्यमन्त्रीले सदनमा पेश गरेको प्रस्तावको विपक्षमा २८ मत परेको थियो । 

मुख्यमन्त्रीको गिरीले पाएको विश्वासको मत प्रदेश सभाको कुल सदस्य संख्याको बहुमत भएकाले उहाँले राखेको प्रस्ताव बहुमतले पारित भएको छ । मुख्यमन्त्री गिरीलाई एमालेका २८, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोसपा र जनमतका ३–३ र नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र २ सांसदसहित ५७ जना सभा सदस्यले पक्षमा मतदान गरेका थिए ।  


  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले प्रदेशसभाबाट पाए विश्वासको मत
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend