असोज ३० गते २०८३ || October 16, 2026

उपसभामुखको निर्वाचन माघ ७ गते हुने


बिहीबार , माघ ५ २०७९०५:१२

उपसभामुखको निर्वाचन माघ ७ गते हुने

काठमाडौँ - प्रतिनिधिसभाको उपभामुख निर्वाचन आगामी माघ ७ गते हुने भएको छ । संसदका जेष्ठ सदस्यको रुपमा सभाध्यक्ष पशुपतिशमशेर राणाले उपसभामुखको निर्वाचन गर्न मिति तोकेका हुन् । आज भएको सभामुख पदको निर्वाचनमा एमालेका सांसद्  देवराज घिमिरे निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसकी उम्मेदवार इश्वीरीदेवी न्यौपानेलाइ पराजित गरे । घिमिरेले १६७ मत पाउँदा न्यौपानेले १०० मत प्राप्त गरिन् । एक भने तटस्थमा रह्यो । 

घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे । न्यौपानेलाइ नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए ।


  • सम्बन्धित विषय:

  • # उपसभामुखको निर्वाचन माघ ७ गते हुने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend