कात्तिक २ गते २०८३ || October 18, 2026

टी-२० लिगमा स्पट फिक्सिङ भएको सीआईबीको निष्कर्ष, प्रतिवेदन सार्वजनिक गरिँदै 


पिपल अनलाइन
शुक्रबार, माघ ६ २०७९०२:३७

टी-२० लिगमा स्पट फिक्सिङ भएको सीआईबीको निष्कर्ष, प्रतिवेदन सार्वजनिक गरिँदै 

काठमाडौँ - गत साता सम्पन्न नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले निकालेको छ । सीआईबी प्रमुख उत्तरमराज सुवेदीले केहीविरुद्ध मुद्धा चल्ने अवस्था रहेको बताए। ‘त्यसमा खेलाडी, म्यानेजर,अफिसियल जो पनि हुन सक्छन्,’ एआईजी सुवेदीले भने। सुवेदीले स्पट फिक्सिङ विवादसम्बन्धमा भएको छानबिनबारे सोमबार प्रतिवेदन सार्वजनिक गरिने बताए ।

‘आइतबार प्रतिवेदन सार्वजनिक गर्ने तयारी थियो तर सार्वजनिक बिदा रहेछ। त्यसैले सोमबार सार्वजनिक हुनेछ,’ उनले भने। नेपाल टी(२० लिगमा स्पट फिक्सिङका लागि अप्रोच भएको भन्दै कमेन्टेटर सचेन तिमल्सिनाले प्रतियोगिताबीचमै छाडेका थिए । राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका एक खेलाडीलाई फिक्सिङका लागि अप्रोच भएको बताएपछि प्रतियोगिता चरम विवादमा परेको थियो। प्रतियोगिता आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सका अधिकारी प्रतियोगिताको बीचमै घर फर्किएका थिए । प्रतियोगितामा सहभागी सबै ६ टोलीका खेलाडीले पारिश्रमिक पाएका छैनन् । एक खेलाडीका अनुसार नेपाल क्रिकेट संघ९क्यानले ६ महिनाभित्र पारिश्रमिक उठाई दिने प्रतिबद्धता जनाएको छ ।

टेन्डर प्रकृया विना सेभेन थ्री स्पोर्ट्सलाई नेपाल टी(२० ८ वर्षका लागि आयोजना गर्न दिइएपछि सुरुवातदेखि नै यो प्रतियोगिता विवादमा परेको थियो। सीआईबीले स्पट फिक्सिङमा संलग्न रहेकाको नाम गोप्य राखेको छ। फिक्सिङको शंकापछि आईसिसीको एन्टि करप्सन कमिटीको टोली पनि नेपाल आइपुगेको थियो।


  • सम्बन्धित विषय:

  • # टी-२० लिगमा स्पट फिक्सिङ भएको सीआईबीको निष्कर्ष, प्रतिवेदन सार्वजनिक गरिँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend