असोज ३० गते २०८३ || October 16, 2026

नेपाल टी–२० क्रिकेट खेलमा ‘म्याच फिक्सिङ’ भएको प्रहरीको पुष्टि


पिपल अनलाइन
आइतबार, माघ ८ २०७९०४:४१

नेपाल टी–२० क्रिकेट खेलमा ‘म्याच फिक्सिङ’ भएको प्रहरीको पुष्टि

 काठमाडौँ - नेपाल टी–२० क्रिकेट खेलमा ‘म्याच फिक्सिङ’ भएको नेपाल प्रहरीले पुष्टि गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उक्त कुराको पुष्टि गर्दै नेपाल क्रिकेट संघ क्यानको व्यापारिक र रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्कै संलग्नतामा ‘स्पट फिक्सिङ’ भएको बताएको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा ९ देखि २७  पुससम्म भएको लिगको सुरुवाती चरणका खेलमा ‘स्पट फिक्सिङ’ भएको भन्दै सीआईबीले केही खेलमा भारतीय र नेपाली खेलाडीसँग लेखदेन गरेको बताएको हो । 

सीआईबीका प्रमुख उत्तमराज सुवेदीका अनुसार नेपाल टी– २० क्रिकेटका केही खेलमा नेपाली र भारतीय खेलाडीसँग लेनदेन गरेको अनुसन्धानबाट देखिएको छ । बेटिङ ९सट्टेबाजी० असूली गर्ने उद्देश्यले ‘म्याच फिक्सिङ’ गराउने प्रयास भएको हो । 


  • सम्बन्धित विषय:

  • # नेपाल टी–२० क्रिकेट खेलमा ‘म्याच फिक्सिङ’ भएको प्रहरीको पुष्टि
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend