कात्तिक ३ गते २०८३ || October 19, 2026

फिक्सिङ प्रकरण : कार्यदलले सदस्यसचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाउँदै 


पिपल अनलाइन
बुधबार, माघ ११ २०७९०७:१८

फिक्सिङ प्रकरण : कार्यदलले सदस्यसचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाउँदै 

काठमाण्डौँ - bराष्ट्रिय खेलकुद परिषद् राखेपले गठन गरेको छानबिन कार्यदलले बुधबार सदस्यसचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाउँदै छ । राखेपले दिएको १५ दिनको निर्देशन बुधबार समाप्त हुँदै छ । कार्यदलका संयोजक एकेन्द्र कुँवरले सोमबारसम्म प्रतिवेदनको अन्तिम खाकासमेत तयार भइसकेको जानकारी दिएका छन् । ‘हामीले सोमबार सबै प्रक्रिया पूरा गरेका छौँ, बुधबार कार्यदलले प्रतिवेदन बुझाउनेछ,’ संयोजक कुँवरले भने । 

गत महिना नेपाल क्रिकेट संघ ९क्यान०ले आयोजना गरेको नेपाल टी–२० क्रिकेट लिगमा स्पट फिक्सिङ र म्याच फिक्सिङ सार्वजनिक भएपछि राखेपले घटनाको छानबिन गर्न कुँवरको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । कार्यदलले गठन भएको १२औँ दिनमा पूर्वखेलाडी, पूर्वकप्तान, राष्ट्रिय टोलीका कप्तान, प्रशिक्षक, क्यानका पदाधिकारी र केमेन्टेटरसँग बयान लिएको थियो । सबैसँग बयान लिएपछि कार्यदलले प्रतिवेदन लेखनतर्फ अग्रसर भएको कुँवरले बताएका छन् । 


  • सम्बन्धित विषय:

  • # फिक्सिङ प्रकरण : कार्यदलले सदस्यसचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाउँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend