कात्तिक ३ गते २०८३ || October 19, 2026

न्युजिल्यान्डलाई हराउँदै भारत यू-१९ महिला विश्वकपको फाइनलमा


शुक्रबार, माघ १३ २०७९०५:३५

न्युजिल्यान्डलाई हराउँदै भारत यू-१९ महिला विश्वकपको फाइनलमा

काठमाण्डौँ - भारतले दक्षिण अफ्रिकामा जारी आइसिसी यू १९ महिला विश्वकपको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । पहिलो पटक भएको यू १९ महिला विश्वकप फाइनलमा पुग्ने भारत पहिलो टोली हो ।

जितको लागि १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको भारतले १४.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा ओपनर श्रेता सेहरावतले ४५ बलमा १० चौकासहित सर्वाधिक ६१ रनको अविजित इनिङ खेलिन् । कप्तान शफाली बर्मा १० र सौम्या तिवारी २२ रनमा आउट भइन् । न्युजिल्यान्डकी अन्ना ब्राउनिङ ३.२ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् । त्यसअघि सेन्वेस पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७ रन बनायो । न्युजिल्यान्डकी जर्जिया प्लिमरले ३२ बलमा २ चौकासहित सर्वाधिक ३५ रन बनाइन् ।

इसाबेला गेज २६ रन बनाइन् । भारतकी पाश्रवी चोपडाले ४ ओभरमा १ मेडनसहित २० रन खर्चेर ३ विकेट लिइन् । दोस्रो सेमिफाइनल खेलमा आज नै इंग्ल्यान्ड र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुनेछ ।


  • सम्बन्धित विषय:

  • # न्युजिल्यान्डलाई हराउँदै भारत यू-१९ महिला विश्वकपको फाइनलमा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend