असोज ३० गते २०८३ || October 16, 2026

भारतको झारखण्डमा अस्पतालमा आगलागी : पाँच जनाको ज्यान गयो, पाँच जना घाइते


पिपल अनलाइन
शनिबार, माघ १४ २०७९१२:१५

भारतको झारखण्डमा अस्पतालमा आगलागी : पाँच जनाको ज्यान गयो, पाँच जना घाइते

 काठमाण्डौँ - भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा पाँच जनाको ज्यान गएको छ । अरु पाँच जना गम्भीर घाइते भएका छन् ।

धनवाद जिल्लाको बैंकमोर क्षेत्रमा रहेको हाजरा अस्पतालमा गएराति आगो लागेको थियो । आगोका कारण अस्पतालका सञ्चालक डाक्टर, श्रीमती, एक जना कामदार र दुई जना आफन्तको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अस्पताल धुवाँले भरिएको र अक्सिजनको अभावमा उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । आगलागीको कारण नखुलेको धनवादका प्रहरी वरिष्ठ उपरीक्षक अरविन्दकुमार बिनाले बताउनुभएको छ ।


  • सम्बन्धित विषय:

  • # भारतको झारखण्डमा अस्पतालमा आगलागी : पाँच जनाको ज्यान गयो, पाँच जना घाइते
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend