असोज ३० गते २०८३ || October 16, 2026

'मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था छैन' : सुवास नेम्वाङ


शनिबार, माघ १४ २०७९०३:४१

'मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था छैन' : सुवास नेम्वाङ

काठमाण्डौँ - सत्तासाझेदार दल नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । सर्वोच्च अदालतको आदेशपछि गृहमन्त्री रवि लामिछानेले पदत्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै उनले ती समस्यालाई संविधानअन्तर्गत नै हल गरेर अघि बढ्न आफूहरू सक्षम रहेको बताए ।

शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उनले नेपाली जनता आफैँले बनाएको संविधान बुद्धिमानीपूर्वक कार्यान्वयन गर्न राजनीतिक दलहरू सचेत हुनुपर्ने आवश्यकता औँल्याए । संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई दलहरूले आफ्नो बुद्धि, विवेक र क्षमता प्रदर्शन गरेर कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो ।


  • सम्बन्धित विषय:

  • # 'मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था छैन' : सुवास नेम्वाङ


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend