असोज ३० गते २०८३ || October 16, 2026

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै


पिपल अनलाइन
आइतबार, माघ १५ २०७९०७:५९

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै

माघ १५, काठमाण्डौँ । अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आउँदै छिन् । नुल्यान्ड नेपालमा आज र भोलि गरी दुई दिन रहनने छिन् । नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

यो भ्रमणका क्रममा नयाँ सरकारसँग अमेरिका र नेपालबीचको साझेदारीका बृहत् एजेन्डामा छलफल गर्ने तयारी छ । नुल्यान्डको नेपाल भ्रमणलाई अर्थपूर्ण मानिएको छ । तर उहाँको भ्रमण तालिका र कार्यसूचीका विषयमा परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छैन ।


  • सम्बन्धित विषय:

  • # अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend