असोज ३० गते २०८३ || October 16, 2026

पेरुका राष्ट्रपतिद्वारा तत्काल निर्वाचन घोषणा गर्न आग्रह


सोमबार, माघ १६ २०७९०१:२८

पेरुका राष्ट्रपतिद्वारा तत्काल निर्वाचन घोषणा गर्न आग्रह

काठमाण्डौँ - पेरूमा हप्तौंदेखि जारी हिंसात्मक प्रदर्शनलाई अन्त्य गर्ने उपायका रूपमा समयअगावै निर्वाचन गराउन आइतबार संसदलाई पुनः आग्रह गर्दै अन्यथा आफूले संवैधानिक सुधारको बाटो अवलम्बन गर्ने चेतावनी दिएका छन् । गत डिसेम्बर ७ मा तत्कालीन राष्ट्रपति पेड्रो क्यास्टिलोलाई संसद भङ्ग गर्ने र हुकुमी शासन गर्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएपछि दक्षिण अमेरिकी देश राजनीतिक सङ्कटमा फसेको छ ।

पेरुको गभर्नरको कार्यालयले दिएको जानकारीअनुसार सात हप्ताको प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा एक प्रहरी अधिकारीसहित ४८ जनाको मृत्यु भएको छ ।


  • सम्बन्धित विषय:

  • # पेरुका राष्ट्रपतिद्वारा तत्काल निर्वाचन घोषणा गर्न आग्रह


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend