असोज ३० गते २०८३ || October 16, 2026

भारतको झारखण्डस्थित भवनमा आगलागी, १४ जनाको मृत्यु


पिपल अनलाइन
बुधबार, माघ १८ २०७९०७:२३

भारतको झारखण्डस्थित भवनमा आगलागी, १४ जनाको मृत्यु

काठमाण्डौँ - भारतको झारखण्डस्थित एक भवनमा भीषण आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । धनबादको बैंक मोड प्रहरी चौकी अन्तर्गत जोडा फाटक रोडमा रहेको आशिर्वाद अपार्टमेन्टमा भएको आगलागीमा १७ जना गम्भीर घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।

भवनमा धेरै मानिस फसेको आशंका गरिएको छ । फसेका ५० भन्दा बढीको उद्धार गरिएको छ । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 


  • सम्बन्धित विषय:

  • # भारतको झारखण्डस्थित भवनमा आगलागी, १४ जनाको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend