असोज ३० गते २०८३ || October 16, 2026

पार्किङमा रहेको ट्रकमा अर्को ट्रक ठोक्किँदा दुई जनाको मृत्यु


पिपल अनलाइन
शुक्रबार, माघ २० २०७९११:३९

पार्किङमा रहेको ट्रकमा अर्को ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

 झापा - पार्किङ गरेर राखिएको मालवाहक ट्रकमा पछाडिबाट आएको अर्को ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका १ अन्तर्गत पूर्व(पश्चिम राजमार्गमा गएराति भएको उक्त घटनामा दुई जनाको मृत्यु भएको हो । च्यापिएको अवस्थामा रहेका उनीहरूको शव निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 प्रहरीका अनुसार उद्धारका लागि तीन वटा जेसिबी परिचालन गरिएको छ । प्रहरीकाअनुसार रड लोड भएको ट्रकका चालक र सहचालकको मृत्यु भएको हो । मृतकमध्ये चालक सुनसरी झुम्काका ३५ वर्षीय मदन चौधरी रहेका छन् । सहचाकको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # पार्किङमा रहेको ट्रकमा अर्को ट्रक ठोक्किँदा दुई जनाको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend