कात्तिक २ गते २०८३ || October 18, 2026

प्रिमियर लिग : शीर्षस्थानको आर्सनल एभर्टनसँग पराजित


आइतबार, माघ २२ २०७९०७:१८

प्रिमियर लिग : शीर्षस्थानको आर्सनल एभर्टनसँग पराजित

काठमाण्डौँ - प्रिमियर लिगमा हिजो भएको पहिलो खेलमा शीर्षस्थानको आर्सनल एभर्टनसँग पराजित भएको छ । आर्सनल घरेलु टोली एभर्टनसँग १–० गोलले पराजित भएको हो । घरेलु मैदानमा एभर्टनको जितमा जेम्स तार्कोवस्कीले खेलको ६०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै एभर्टनको २१ खेलमा १८ अङ्क भएको छ । एभर्टन १७औं स्थानमा उक्लिएको छ । शीर्षस्थानको आर्सनलको २० खेलमा ५० अङ्क छ ।

गएराति भएका अरु खेलमा न्युक्यासल र वेस्टह्यामले एकरएक गोलको बराबरी खेलेका छन् । एस्टन भिल्ला लेस्टर सिटीसँग ४–२ गोलले पराजित भएको छ । त्यस्तै ब्रेन्टफोर्डले साउथह्याम्पटनलाई ३–० गोल र ब्राइटनले बर्नमाउथलाई १–० गोलले हराएको छ ।


  • सम्बन्धित विषय:

  • # प्रिमियर लिग स् शीर्षस्थानको आर्सनल एभर्टनसँग पराजित


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend