असोज ३० गते २०८३ || October 16, 2026

टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ५० भन्दा धेरैको मृत्यु भएको पुष्टी


सोमबार, माघ २३ २०७९११:३८

टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ५० भन्दा धेरैको मृत्यु भएको पुष्टी

 काठमाडौँ - टर्कीको दक्षिणी क्षेत्रमा सिरियाको सिमानासँग जोडिएको क्षेत्रमा शक्तिशाली भूकम्प गएको समाचार छ । अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएसका अनुसार अहिले प्राप्त प्रारम्भिक जानकारी अनुसार भूकम्पको तीव्रता ७.८ मापन गरिएको छ।

युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु टर्कीबाट २६ किलोमिटर पूर्वमा रहेको नुर्दा थियो। यो क्षेत्र गाजियान्तेप नजिकै छ। गाजियान्तेपको लगभग २० लाख जनसंख्या छ, जसमध्ये आधा मिलियन सिरियाली शरणार्थीहरू छन्। भूकम्पले ठूलो मात्रामा जनधनको क्षति भएको अनुमान गरिएको छ ।

टर्कीको अखबार हुर्रियतले ५० भन्दा बढि मानिसहरू मारिएको पुष्टी गरेको छ । अखबारले लेखेअनुसार ओस्मान्येका गभर्नरले ५ जनाको मृत्यु भएको बताएका छन् । सान्लुर्फाका गभर्नरले १७ जनाको ज्यान गएको बताएका छन् ।

मालत्याका गभर्नरले भग्नावशेषबाट २३ जनाको शव निकालेको बताएका छन् । दियारबाकिरका गभर्नरले ६ जनाको मृत्यु पुष्टी गरेका छन् । टर्कीकै अर्को अखबार डेली सबाहले ५३ जनाको मृत्यु भएको लेखेको छ ।


  • सम्बन्धित विषय:

  • # टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ५० भन्दा धेरैको मृत्यु भएको पुष्टी


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend