असोज ३० गते २०८३ || October 16, 2026

टर्की भूकम्पको  ‘इपिसेन्टर’बाट ८ जना नेपाली सम्पर्कमा, अन्य नेपालीहरुको अबस्था कस्तो छ ? 


मंगलबार, माघ २४ २०७९०१:४८

टर्की भूकम्पको  ‘इपिसेन्टर’बाट ८ जना नेपाली सम्पर्कमा, अन्य नेपालीहरुको अबस्था कस्तो छ ? 

 टर्की - टर्कीमा गएको भूकम्पको ‘इपिसेन्टर’बाट  ८ जना नेपाली सम्पर्कमा आएका छन् । भूकम्प गएको गाजियान्टेपबाट अहिलेसम्म ८ नेपाली सम्पर्कमा आएको र उनीहरू सबैजना सुरक्षित रहेको गैरआवासीय नेपाली संघ एनआरएनए टर्कीले जनाएको छ ।

‘अहिलेसम्म गाजियन्टेपबाट ३ जना नेपाली महिला र ५ जना विद्यार्थी हाम्रो सम्पर्कमा आउनु भएको छ’, एनआरएनए टर्कीका महासचिव बिनोद पौडेलले भने, ‘उहाँहरु सबै सकुशल र सुरक्षित हुनुहुन्छ । हामी निरन्तर सम्पर्कमा छौँ’ विद्यार्थीमध्ये एक छात्र हुन् ।

त्यो ठाउँबाट थप नेपाली भने सम्पर्कमा नआएको उनले बताए ।

एनआरएनएको सम्पर्कमा आएका ती  ८ जना नेपाली अहिले स्थानीय सरकारले व्यवस्था गरेको सेल्टरमा छन् । ‘अघि बिहान पनि मसँग कुरा भएको थियो। उहाँहरु पूर्ण रुपमा सुरिक्षत हुनुहुन्छ,’ उनले भने। सेल्टरमा रहेकाहरुलाई खाना लगायत सबै आवश्यक व्यवस्था सरकारले नै गरेको छ। टर्कीमा विपद तथा जोखिम व्यवस्थापनका लागि आपत्तकालीन राहत उद्धार समिति छ । उक्त समितिले राहत र उद्धारको काम गरिरहेको छ। रेडक्रसलगायतका परोपकारी संस्थाहरुले पनि राहत र उद्धारमा समन्वय गरिरहेका छन् । महासचिव पौडेलका अनुसार भूकम्प प्रभावित क्षेत्रमा अरू क्षेत्रका उद्धारकर्मी पनि पुगेका छन् ।


  • सम्बन्धित विषय:

  • # टर्की भूकम्पको  ‘इपिसेन्टर’बाट ८ जना नेपाली सम्पर्कमा, अन्य नेपालीहरुको अबस्था कस्तो छ ?


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend