असोज २९ गते २०८३ || October 15, 2026

रक्सौलमा नेपाल रेलवेको २० बिगाहा जग्गा अलपत्र


बिहीबार , माघ २६ २०७९०७:४७

रक्सौलमा नेपाल रेलवेको २० बिगाहा जग्गा अलपत्र

 काठमाण्डौँ - नेपालको प्रमुख भन्सार नाका वीरगन्ज अनि भारतसँग सोझै रेलवे सम्पर्क रहेको एक मात्र सुक्खा बन्दरगाह रहेको पर्सा जिल्लाको सीमावर्ती भारतीय बजार रक्सौलमा रहेको रक्सौल रेलवे स्टेसनमा नेपाल रेलवेको करिब २० बिगाहा जग्गा बषौदेखि अलपत्र अवस्थामा रहेको छ ।

आयात निर्यात सहजताको लागि तत्कालीन नेपाल रेलवे कम्पनी लिमिटेडले भारत सरकारसँग खरिद गरी आफ्नो स्वामित्वमा ल्याएको करिब २० बिगाहा जग्गा नेपाल रेलवे कम्पनी र नेपाल सरकारको बेवास्ता कारण अलपत्र अवस्थामा पुगेको हो ।

जग्गामध्ये केही जग्गा भारतीय नागरिकले अतिक्रमण गरी घर टहरा पनि बनाई सकेको र भवन बेवारिसे अवस्थामा रहेको , बाँकी जग्गा भारतीय रेलवे आफ्नो अनुकूल प्रयोग गरिरहेको, नेपाल कै जग्गामा सामग्री राखेबापत भारतीयलाई भाडा समेत तिर्नु परी रहेको गुनासो नेपाली व्यवसायीहरूको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आफू पर्सा जिल्लामा सरुवा भएको आएको भर्खर ४९५ दिन भएकाले रक्सौलमा रहेको जग्गाको बारेमा कुनै पनि जानकारी बताए । प्रजिअ रेग्मी अघि पर्सामा प्रमुख जिल्ला अधिकारी रहनु भएका उमेश कुमार ढकालले रक्सौलमा रहेको जग्गाको बारेमा आफूले पनि सुनेको तर कति छ भन्ने ठ्याक्कै जानकारी नभएको जनाए ।

उनले भने पर्सा जिल्लामा रहेका नापी(मालपोतमा त्यसको लागत हुँदो रहेनछ मैले परराष्ट्रका साथीहरुलाई जानकारी गराइदिन आग्रह गरेको थियो तर हालसम्म यकिन विवरण पाउन सकेको छैन ।गोरखापत्र दैनिकबाट


  • सम्बन्धित विषय:

  • # रक्सौलमा नेपाल रेलवेको २० बिगाहा जग्गा अलपत्र


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend