असोज ३० गते २०८३ || October 16, 2026

मेलिना राईको भ्यालेनटाइन गीत ‘मीठो साथ’ सार्वजनिक


सोमबार, फागुन १ २०७९०१:२१

मेलिना राईको भ्यालेनटाइन गीत ‘मीठो साथ’ सार्वजनिक

 काठमाडौँ - चर्चित गायिका मेलिना राईको आवाजमा ‘मीठो साथ’ गीत सार्वजनिक भएको छ । उमेश राउतको शब्द रहेको उक्त गीतमा मेलिनासँगै सुदिप लामाको आवाज रहेको छ । गीत उमेश राउतकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भ्यालेनटाइन अर्थात् प्रणय सप्ताहको अवसर पारेर सार्वजनिक गरिएको गीतमा भर्खरै बस्न थालेको माया अनि त्यसले सिर्जना गरेको सुन्दर परिवेशलाई वर्णन गरिएको छ । रिदम कँडेलले सङ्गीत संयोजन गरेको गीत अकोस्टिक नेपालमा रेकर्ड गरिएको हो भने प्रकाश मिश्रले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

धनबहादुर तामाङ ‘सागर’ ले निर्देशन गरेको भिडियोमा काजल भुजेल र दिपेश तामाङले अभिनय गरेका छन् । देवेन्द्र कार्कीले छायांकन गरेको उक्त गीतको भिडियोलाई दिनेश मुस्कानले सम्पादन गरेका हुन् ।

 

 


  • सम्बन्धित विषय:

  • # मेलिना राईको भ्यालेनटाइन गीत ‘मीठो साथ’ सार्वजनिक


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend