असोज ३० गते २०८३ || October 16, 2026

कलङ्की बसुन्धारा सडकमा सहायक सडक निर्माण अघि बढाइँदै


पिपल अनलाइन
सोमबार, फागुन ८ २०७९०४:११

कलङ्की बसुन्धारा सडकमा सहायक सडक निर्माण अघि बढाइँदै

काठमाडौँ - चिनियाँ पक्षले मुख्य ‘लेन’मा निर्माण सुरु नगरेपनि सरकारले चक्रपथको कलङ्की–बसुन्धारा खण्डमा सहायक ‘लेन’मा सडक निर्माण थालेको छ ।

 ससडक बनाउन चीन सरकारसँग सम्झौता भइसकेपनि निर्माणस्थल पूरै खाली नभएकाले मुख्य ठाउमा काम थालिसकेको छैन । चीनको सहयोगमा बनाइने मुख्य आठ लेनभन्दा बाहिरपट्टिको लेनमा सडक निर्माण अघि बढाइएको हो । चिनियाँ पक्षले काम शुरु नगरेकाले सरकारले गर्नुपर्ने खण्डमा पहिले सुरु गरिएको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।

चक्रपथको बाहिरी लेनमा ढल हाल्ने काम भइरहेको योजनाकी प्रमुख सजना अधिकारीले बताइन् । मुख्य लेनको २५,२५ मिटर बाहिर सडकको दुबैतर्फ छरछ मिटरमा कालोपत्र गर्न सम्झौता भएको थियो ।  आगामी वर्ष फागुनसम्म काम सक्ने लक्ष्य छ ।

अहिले कलङ्कीबाट बसुन्धारासम्म बाहिरी लेन सर्भिस ट्र्याक निर्माण गर्ने गरी ठेक्का भएको छ । चक्रपथको पहिलो खण्डमा नेपाल सरकारले सबैभन्दा बाहिरी लेन कालोपत्र गर्ने गरी सम्झौता भएको थियो। पहिलो खण्डमा अझै बालकुमारीलगायत थोरै खण्डमा सडक बनिसकेको छैन। पहिलो चरणको चक्रपथ विस्तारमा चिनियाँ सरकारले सडक निर्माण सम्पन्न गरेपनि मात्रै ‘सर्भिस ट्रयाक’ सुरु भएको थियो । अहिले भने मुख्यभन्दा सहायक लेन पहिले निर्माण गर्न लागिएको हो । पहिलो चरणको विस्तारमा सरकारले तीन आकाशे पुल निर्माण गरेको थियो । रासस


  • सम्बन्धित विषय:

  • # कलङ्की बसुन्धारा सडकमा सहायक सडक निर्माण अघि बढाइँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend