असोज ३० गते २०८३ || October 16, 2026

सहकर्मी हत्यामा संलग्न सशस्त्र प्रहरी जवानलाई जन्मकैदको सजाय


बुधबार, फागुन १० २०७९०२:०६

सहकर्मी हत्यामा संलग्न सशस्त्र प्रहरी जवानलाई जन्मकैदको सजाय

 सप्तरी - सप्तरीमा कार्यरत सशस्त्र प्रहरीको असईको हत्यामा संलग्न रहेको भन्दै अदालतले सशस्त्र प्रहरी जवानलाई जन्मकैदको फैसला सुनाएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश नवीन कुमार जोशीको इजलासले हत्यमा संलग्न सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीलाई जन्मकैदको सजाय तोकेको हो । खत्रीले ६ महिना अघि असई सत्यनारायण यादवको हत्या गरेको आरोपमा उनलाई जन्मकैदको सजाय सुनाएको हो ।

सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वाटर राजविराजमा दरबन्दी भई छिन्नमस्ता गाउँपालिका–३ मोहनपुरस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट बीओपीमा कार्यरत असई यादवको १९ असोज २०७९ मा हत्या भएको थियो ।

 


  • सम्बन्धित विषय:

  • # सहकर्मी हत्यामा संलग्न सशस्त्र प्रहरी जवानलाई जन्मकैदको सजाय


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend