असोज ३० गते २०८३ || October 16, 2026

पाथिभरामा बुधबार साँझदेखि हिमपात, फागुनमा परेको हिमपातले किसान खुसी


बिहीबार , फागुन ११ २०७९०९:२६

पाथिभरामा बुधबार साँझदेखि हिमपात, फागुनमा परेको हिमपातले किसान खुसी

ताप्लेजुङ- ताप्लेजुङ सदरमुकामसहित आसपासका क्षेत्रमा सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ।

तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिर क्षेत्रमा हिजो साँझ देखी सामान्य हिउँपात भएको हो । यस बर्ष यो वर्ष पहिलो पटक पाथिभरा क्षेत्रमा सामान्य हिउपात भएको हो।

विगतका वर्षमा पुस लाग्दै हिउँ पर्ने ओलाङचुङ्गोलासहितका क्षेत्रमा फागुनको मध्य हुन लाग्दासम्म हिमपात र वर्षा नभए पनि हिजो साँझबाट भने सामान्य हिउपात भएको स्थानीय रामचन्द्र घिमिरेले जानकारी दिए।

उता, सदरमुकाम फुङलिङसहित केही ठाउँमा वर्षा भएकाले किसानलाई सामान्य राहत मिलेको उनको भनाइ छ। यस वर्ष हिउँद लागेयता हिमपात र वर्षा नहुँदा हिउँदे बालीनाली फस्टाउन नसकेकाले गहुँ, मकै, तोरीलगायत बालीनाली नफस्टाउने चिन्तामा परेका किसानहरुले बताउँदै आएका थिए।


  • सम्बन्धित विषय:

  • # पाथिभरामा बुधबार साँझदेखि हिमपात, फागुनमा परेको हिमपातले किसान खुसी


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend