असोज ३० गते २०८३ || October 16, 2026

यू-१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै


बिहीबार , फागुन ११ २०७९०९:३१

यू-१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै

काठमाडौँ - यू १९ विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर भिडदै छन्। हिजो साँझ युएई पुगेको नेपाली यू–१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग भिडन लागेको हो ।

नेपाल क्रिकेट संघ क्यान र राष्ट्रिय खेलकुद परिषद् राखेपले आइसिसी यू १९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई हिजो बिदाई गरेको थियो ।

क्यानका अनुसार दोस्रो खेल भने २५ फ्रेबुअरी अर्थात १३ फागुनमा कुवेतसँग हुनेछ भने कुबेतसँग खेल खेलेको एकदिन पछि लगतै नेपाली यु–१९ टोलीले २७ फ्रेबुअरी अर्थात १५ फागुनमा हङकङसँग खेल्नेछ।

२८ फ्रेबुअरी अर्थात १६ फागुनमा मलेसियासँग खेल्ने नेपाली टोलीले दुई दिन विश्राम लिएर अन्तिम खेल भने २ मार्च अर्थात १८ फागुनमा युएईसँग खेल्ने क्यानले जनाएको छ। युएई र नेपाल प्रमुख दाबेदार टोली हुन्।


  • सम्बन्धित विषय:

  • # यू-१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend