असोज २९ गते २०८३ || October 15, 2026

सुनको मूल्य घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?


शुक्रबार, फागुन १२ २०७९११:५०

सुनको मूल्य घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको छ।

बिहिबार प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला १ लाख २ हजार ४ सय रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ।

 चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कायम गरेको छ । चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । बिहिबार चाँदी प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।


  • सम्बन्धित विषय:

  • # सुनको मूल्य घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend