नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा कुल ७ अर्ब ३० करोड रुपैयाँ लगानी गर्ने भएको छ।
राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो।
जारी सूचनाअनुसार वाणिज्य बैंकहरूमा ५ अर्ब ८४ करोड रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकहरूमा १ अर्ब ९ करोड ५० लाख रुपैयाँ तथा राष्ट्रिय स्तरका फाइनान्स कम्पनीहरूमा ३६ करोड ५० लाख रुपैयाँ लगानी गरिनेछ।
उक्त रकम प्राप्त गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले प्रस्तावित ब्याजदर सहित यही वैशाख २३ गतेभित्र आवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ।