सुनमा मूल्य वृद्धि भएको छ । आज सुन प्रतितोला ३ हजार ६०० रुपैयाँले बढेको छ । आइतबार २ लाख ६० हजार ४०० रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य आज २ लाख ६५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ ।
चाँदीमा झनै ठुलो मूल्य वृद्धि भएको छ । आज चाँदी एकैदिन प्रतितोला १८५ रुपैयाँ बढेको हो । आइतबार ४ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६८५ रुपैयाँ पुगेको छ ।