असोज ३० गते २०८३ || October 16, 2026

चार लेन विस्तारका लागि रात्री समयमा पृथ्वी राजमार्ग बन्द गरिने


शनिबार, फागुन १३ २०७९०७:०७

चार लेन विस्तारका लागि रात्री समयमा पृथ्वी राजमार्ग बन्द गरिने

 चितवन - पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्ड विस्तार भइरहेको छ । उक्त सडकखण्ड चार लेन विस्तार गर्ने कार्यअन्तर्गत भीर काट्न रात्रि समयमा सडक अवरुद्ध गरिने भएको छ ।

मनसुन लागेपछि भीर कटान तथा सडक विस्तारमा समस्या हुनसक्ने सम्भाव्यतालाई मध्यनजर गरी राति यातायात बन्द गरी कार्य गरिने भएको हो ।

राजमार्गको विमलनगरदेखि घाँसीकुवासम्मको खण्डमा भीर कटान ब्याक कटिङको कार्य छिटोछरितो गर्नका लागि मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डबाट अनुरोध भई आएबमोजिम सो निर्णय भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए  उनका अनुसार फागुन १८ गतदेखि २७ गतेसम्म राति पूर्णरूपमा बन्द गरी काम गर्ने निर्णय भएको छ ।


  • सम्बन्धित विषय:

  • # चार लेन विस्तारका लागि रात्री समयमा पृथ्वी राजमार्ग बन्द गरिने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend