असोज ३० गते २०८३ || October 16, 2026

पर्‍यो पानी, प्रिमनसुनको संकेत


सोमबार, फागुन १५ २०७९०७:०४

पर्‍यो पानी, प्रिमनसुनको संकेत

 काठमाडौँ - बागमती र गण्डकीका केही स्थानमा आइतबार भारी वर्षा भएको छ। यस वर्ष हिउँदयाममा पानी नै परेन। तर, आइतबार वर्षासँगै हिउँदबाट प्रिमनसुन सुरु भएको संकेत देखिएको छ । पूर्वी पहाडमा पनि पानी परेको छ। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा विनोद पोखरेलका अनुसार काठमाडौंमा ५ मिलिमिटर वर्षा मापन भएको छ। 


पोखरेलको अनुसार हुन त यो हिउँदको सिजन होइन। मार्च महिनाबाट मात्रै प्रिमनसुन सुरु हुन्थ्यो। तर, हालको क्रियाकलाप प्रिमनसुनको जस्तो भएको उनले बताए। ‘हिउँदको वर्षामा चट्याङ पर्दैन। प्रिमनसुनदेखि मात्रै चट्याङ सुरु हुने भएकाले आइतबारको वर्षा हिउँदको जस्तो छैन,’ उनले भने ‘त्यसैगरी सामान्यभन्दा तापक्रम पनि बढी भएकाले प्रिमनसुन सुरु भएको जनाउ दिएको छ।’ 

सोमबार मध्याह्न पनि आइतबारको जस्तै वर्षा हुने र मंगलबारबाट मात्रै मौसममा सुधार हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभागको आइतबार ५ बजेर ४५ मिनेटसम्मको तथ्यांकअनुसार पोखरामा ३०.७, ताप्लेजुङमा ८.५ र जिरीमा १.५ मिलिमिटर वर्षा भएको छ।  कतिपय ठाउँमा मेघ गर्जनसहित पानी परेको हो । तराईबाहेक अन्य ठाउँमा असिना, मेघगर्जनसहितको वर्षा भएको छ। भोलि पहाडी तथा हिमाली भू–भागमा वर्षाको सम्भावना छ। केही ठाउँमा चट्याङ र हिमपातसमेत हुनेछ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।


  • सम्बन्धित विषय:

  • # पर्‍यो पानी, प्रिमनसुनको संकेत


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend