असोज ३० गते २०८३ || October 16, 2026

आजको मौसम : तराईमा हावाहुरी र पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षा


आइतबार, फागुन २१ २०७९०७:२८

आजको मौसम : तराईमा हावाहुरी र पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षा

 काठमाण्डौँ - तराईका केही जिल्लामा आज दिउँसो पछि हावाहुरी चल्ने सम्भावना रहेकाले सचेत हुन मौसमविद्ले आग्रह गरेका छन् ।

मौसमविद् गोविन्द झाका अनुसार विशेषगरी आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ । दिउँसो पछिको समयमा हावाहुरीको गति बढ्ने अनुमान रहेकाले यो समयमा सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

यस्तै, आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एकरदुई ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ भने कोशी र बाग्मती प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको अनुमान छ । आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद् गोविन्द झाले बताए । 


  • सम्बन्धित विषय:

  • # आजको मौसम : तराईमा हावाहुरी र पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend