कात्तिक १ गते २०८३ || October 17, 2026

यमनमा डुँगा दुर्घटना हुँदा २१ जनाको मृत्यु


बुधबार, फागुन २४ २०७९१२:३८

यमनमा डुँगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

काठमाण्डोँ - यमनमा भएको डुँगा दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको छ। मङ्गलबार भएको सो दुर्घटनामा ती व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको हो ।

यमनको उत्तरी रेड सीमा सो डुँगा दुर्घटना भएको हो । उक्त डुँगामा २७ जना यात्रु सवार रहेका थिए । ती यात्रुमध्ये २१ जनाको ज्यान गएको बताइएको छ । उत्तरी यमनको नगर होदिदाह्नजिकैको समुद्रमा डुँगा डुबेको बताइएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका पनि सो समाचारमा जनाइएको छ।आफन्तको विवाह समारोहमा सहभागी भएर घर फर्किँदै गरेका स्थानीय नागरिक चढेको डुँगा डुबेको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र छ जना बालबालिका थिए । डुँगा डुबेपछि उद्धारको कार्य गरिएको र छ जनालाई जिवीतै उद्धार गरेर अस्पताल पुर्‍याइएको छ ।


  • सम्बन्धित विषय:

  • # यमनमा डुँगा दुर्घटना हुँदा २१ जनाको मृत्यु


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend